काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो दललाई अन्य कम्युनिस्ट शक्तिबाट पूर्ण रूपमा भिन्न, सिद्धान्त–केन्द्रित ‘नयाँ प्रकारको पार्टी’का रूपमा अघि बढाइरहेको दाबी गरेका छन्।

आइतबार पोखरामा आयोजित ‘एकता सन्देश सभा’मा बोल्दै नेता खनालले नयाँ पार्टी नेतृत्व–प्रधान होइन, नीति–प्रधान मोडेलमा अघि बढ्ने स्पष्ट गर्दै भने, ‘हामी अब नेपाली कम्युनिस्ट पार्टीमा आएका छौं। यो नितान्त फरक कम्युनिस्ट पार्टी हो। यहाँ नीति नै अग्रस्थानमा रहनेछ, व्यक्ति होइन।’

उनले एमालेलाई परोक्ष रूपमा आलोचना गर्दै त्यहाँ नेता–केन्द्रित संरचना हाबी भएको उल्लेख गरे। ‘नेता प्रधान पार्टीको उदाहरण हेर्नुअहोस्—नेकपा एमाले। त्यो पार्टी एउटै नेताको वरिपरि घुमिरहेको छ,” खनालले भने, “यस्ता संरचनाको अधोपतन निश्चित हुन्छ, केवल समयको कुरा हो।’

खनालले आफ्नो पार्टी सामूहिक नेतृत्वका आधारमा अघि बढ्दै गएको बताउँदै थपे, ‘हामीले बनाइरहेको पार्टी सामूहिक निर्णय र सामूहिक नेतृत्वको संस्कृतिमा उभिनेछ। यही मोडेलले पार्टीलाई सुदृढ बनाउनेछ।’

प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com