काठमाडौं । सर्वाधिक विवादमा मुछिएका बिचौलियाका नाइके भनेर चिनिने दीपक भट्टको निवासमा प्रहरीले छापा मारेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले आइतबार साँझ सानेपास्थित किरण भवनमा रहेको भट्टको घरमा छापा हानेर महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको हो।
विश्वसनीय स्रोतका अनुसार, सीआईबी टोलीले भट्टको निवासबाट दर्जनौँ शंकास्पद फाइल र कागजातहरू बरामद गरेको छ। ती कागजातहरू विभिन्न आर्थिक कारोबार, शंकास्पद लेनदेन तथा सम्भावित संगठित आर्थिक अपराधसँग सम्बन्धित रहेको स्रोतले जनाएको छ।
यसैबीच, पछिल्लो केही दिनयता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभाग समेतले भट्टसँग जोडिएका आर्थिक अपराधका विषयमा छुट्टाछुट्टै रूपमा विवरण संकलनमा जुटिरहेको छ।
यसैबीच, भट्टको गैरकानुनी धन्दाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अधिकृत नै तोकेर अगाडि बढाएको थियो। तर, प्रधानमन्त्री कार्कीको दबाबमा अनुसन्धान रोकिएको स्रोतले जनाएको छ।
यदि यो समुहलाई कानुनी दायरामा ल्याउने हो भने ५० प्रतिशत भ्रष्टाचार नियन्त्रणमा कार्की नेतृत्वको सरकारले सफलता हाँसिल गर्ने विष्लेषकहरु बताउँछन्।
प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार













प्रतिक्रिया