सुनसरी। सदरमुकाम इनरुवा- २ मा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
इनरुवा–१० जलपापुरका ३९ वर्षीय हारुन अन्सारीको मृत्यु भएको प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिए। इनरुवादेखि बविया जाने क्रममा को ७ प ४९०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो।
अन्सारी हेलमेटविनै मोटरसाइकल चलाएर इनरुवादेखि बबियातर्फ गइरहेका बेलामा मगर टोलस्थित बिजुलीको पोलमा ठोक्किएका थिए। गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार













प्रतिक्रिया