काठमाडौं । प्रभु बैंकमा लामो समयदेखि ‘छायाँ शक्ति’ का रूपमा काम गर्दै आएकी प्रमुख व्यवसाय अधिकृत रश्मि पन्तको निर्देशन र प्रभावमा चलेको व्यवस्थापन अन्ततः कानुनी फन्दामा फसेको छ। पन्तले जे भनिन्, त्यही निर्णय मानेर अघि बढेका सीईओ अशोक शेरचन कानुनी झमेलामा परेका हुन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन र नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मणीराम पोखरेलसहित उच्च पदस्थ कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार नियन्त्रणमा लिएको छ। तर, बैंकको शक्ति केन्द्र मानिएकी रश्मि पन्त भने अनुसन्धान अघि नै फरार भएकी छन्।

advertisement

सीआईबीले बैंकिङ कसुरअन्तर्गत अनुसन्धान तीव्र बनाउँदैछ भन्ने सूचना पाएपछि पन्त ‘घर जाने’ बहानामा काठमाडौं छाडेर महेन्द्रनगर पुगेको उनी निकट स्रोतले जनाएको छ। स्रोतका अनुसार महत्त्वपूर्ण निर्णय, जोखिमयुक्त कारोबार र विवादास्पद स्वीकृतिहरू सबै पन्तकै निर्देशनमा भएको र सीईओ शेरचनले त्यसमा औपचारिक स्वीकृति दिने मात्र भूमिका खेलेका थिए।

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com