काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) तथा नायब प्रमुख कार्यकारी अधिकृतसहितका उच्च पदस्थ कर्मचारीहरुलाई प्रहरीले पक्राउ परेपछि बैंककि प्रमुख व्यवसाय अधिकृत रश्मि पन्त फरार भएकी छन्।
बिजुलीबजारस्थित प्रभु बैंकको मुख्य कार्यालयबाट बैंकका सीईओ अशोक शेरचन, डिसीईओ मणीराम पोखरेललगातका उच्च पदस्थहरुलाई सीआईबीको टोलीले नियन्त्रणमा लिएको थियो। तर, पन्त भने सिआईबीले छापामा पर्ने सुइको पाएपछि फरार भएकी थिइन्। उनको खोजी कार्य भईरहेको प्रहरी स्रोतले जनाएको छ।
बैंकको रकम व्यक्तिगत तथा गैरकानुनी काममा खर्च गरेको, ऋण प्रवाहमा कमिसन लिएको, बैंकमा भ्रष्टाचार तथा चरम वित्तीय दुरुपयोग गरेको, अनियमितता, स्वार्थ बाझिने तथा नातावाद हाबी हुने गरी नियमविपरीतका कार्य गर्दै आएको गम्भीर आरोप लागेको छ।
यस विषयमा पन्तलाई सम्पर्क गर्न खोज्दा उनी सँग सम्पर्क हुन सकेन्। सीईओ शेरचनसँगको निकट सम्बन्धको आडमा पन्तको हैकमले बैंकका कर्मचारी आजित बनेको बैंक स्रोतले जनाएको छ।
प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार













प्रतिक्रिया