काठमाडाैं । भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा सुनौलीबाट दिल्लीतर्फ जाँदै गरेको यात्रुवाहक बसमा भीषण आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ट्रकले बसलाई ठक्कर दिएपछि आगलागी भएको हो । ठक्करपछि बस करिब १०० मिटर घिस्रिँदै हाइटेन्सन लाइनको खम्बामा ठोक्किएको र खम्बा बसमाथि खसेपछि आगलागी झनै व्यापक बनेको बताइएको छ । यूपी–२२ एटी ०२४५ नम्बरको उक्त बसमा ४५ जना यात्रु सवार थिए, जसमा अधिकांश यात्रु नेपाली रहेको बताइएको छ ।

advertisement

घटनापछि बसचालक र सहचालकको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको भारतीय अधिकारीहरूले बताएका

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com