काठमाडौं । एनपीएल अन्तर्गत मंगलबारको खेलमा जनकपुर बोल्ट्सका खेलाडी हातमा कालोपट्टि बाँधेर मैदानमा उत्रिएका छन्।
श्रीलङ्का, इन्डोनेसिया, मलेसिया र थाइल्यान्डमा गएको बाढीमा ज्यान गुमाएकोहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनकपुर बोल्ट्सका खेलाडी हातमा कालो पट्टि बाधेर मैदानमा उत्रिएका हुन्।
जनकपुर बोल्ट्सले त्रिवि क्रिकेट मैदानमा आज चितवनसँग प्रतिस्पर्धा गरिरहेको छ।
प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार













प्रतिक्रिया