एजेन्सी । भारत सरकारले प्रधानमन्त्री कार्यालयको नाम परिवर्तन गरी ‘सेवा तीर्थ’ राखेको छ ।
साथै देशभरका राजभवनलाई अब ‘लोक भवन’ भनिनेछ भने केन्द्रीय सचिवालयलाई ‘कर्तव्य भवन’को नामले चिनिने भएको छ ।
समाचार एजेन्सी पीटीआईले मंगलबार सरकारी सूत्रहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।
प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले भने, ‘सार्वजनिक संस्थाहरूमा ठुलो परिवर्तन भइरहेको छ । सत्ताबाट सेवातर्फ अगाडि बढिरहेका छौँ । यी परिवर्तन प्रशासनिक नभई सांस्कृतिक हुन् ।’
प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार












प्रतिक्रिया