झापा । आर्थिक वर्ष (आव) २०८२–८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट १६ अर्ब दुई करोड पाँच लाख मूल्यबराबरका सामान आयात भएका छन् ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिमा १४ अर्ब २८ करोड ८७ लाखबराबरको वस्तु तथा सामान आयात भएका थिए ।

advertisement

गत आवको तुलनामा चालु आवको पहिलो चौमासिकमा यो नाकाबाट निर्यात भने घटेको छ । यो अवधिमा सात अर्ब ९६ करोड सात लाखबराबरका सामग्री निर्यात भएका छन् । गत आवको सोही अवधिमा आठ अर्ब ३० करोड २७ लाखका वस्तु निर्यात भएका थिए ।

काँकरभिट्टाबाट अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत निर्यात हुने गरेका छन् । उक्त कार्यालयले आव २०८२–८३ को पहिलो चार महिनामा आयात निर्यातबाट पाँच अर्ब ४६ करोड एक लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com