काठमाडौं । नेकपा (एमाले)को आसन्न एघारौँ महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वसमूहका आकांक्षीहरू खुल्न थालेका छन्। अधिकांश जिल्लामा प्रतिनिधि चयन लगभग टुंगिन लागेका बेला पार्टीभित्र शीर्ष नेतृत्वका गतिविधि तीव्र बनेकाे छ।

पार्टी अध्यक्ष ओली भने यसपटक पनि प्रतिस्पर्धा भन्दा सहमतिमै जाने रणनीतिमा देखिन्छन्। सम्भावित ध्रुवीकरण रोक्न उनले भक्तपुर गुन्डुस्थित आफ्नो निवासमै केन्द्रीय सदस्यहरूसँग निरन्तर छलफल गरिरहेका छन्। स्रोतका अनुसार गण्डकी प्रदेशका केही केन्द्रीय सदस्य समेत मंगलबार उनलाई भेट्न गुन्डु पुगेका थिए ।

advertisement

भेटमा ओलीले पदाधिकारीको सूची आफूले नै तयार पार्ने संकेत दिएका छन्। एक सहभागी नेताका अनुसार, सबै पक्ष समेटेर सूची बनाउँछु, सबैले त्यही सूचीलाई समर्थन गर्नुपर्छ भन्ने ओलीको आग्रह थियो। ओलीले कसरी र कसलाई सूचिमा राख्ने भन्नेबारे विस्तृत खुलाएका छैनन्।

 

 

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com