काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आसन्न १५औँ महाधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन्।

पार्टी केन्द्रीय समितिले मंसिर १५ गते महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। सोअनुसार पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने तयारी छ।

महाधिवेशनको प्रक्रिया अघि बढिसकेसँगै महामन्त्री थापाले आफू सभापति पदमा उठ्ने निर्णय सार्वजनिक गरेका हुन्। हिमालय टिभीको ‘यक्ष प्रश्न’ कार्यक्रमका लागि पत्रकार निमेष बञ्जाडेसँग कुरा गर्दै उनले भने, “म नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुँ। कांग्रेसका बहुसंख्यक साथीहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिने विश्वास छ।”

थापाको घोषणासँगै कांग्रेसको शीर्ष नेतृत्वमा प्रतिस्पर्धा औपचारिक रूपमा सुरु भएको छ।

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com