काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले तेस्रो जित हासिल गरेको छ। बुधबार भएको खेलमा विराटनगर किंग्सले दिएको १ सय ४५ रनको लक्ष्य लुम्बिनीले १४ बल बाँकी हुँदै ५ विकेट गुमाएर पूरा गर्‍याे।

लुम्बिनीको ५ विकेटको जितमा ड्यार्सी सर्टले ५७ रनको अर्धशतकीय इनिङ खेले। उनले ४४ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए। उनी बाहेक सुमित महर्जनले १० रन बनाउँदा सन्दीप जोराले २४ तथा निरोसन डिकवेलाले २५ रनको अविजित इनिङ खेलेका थिए।

उनीबाहेक दिलिप नाथले ११ रनको अविजित इनिङ खेले। उनीबाहेक सुवाश भण्डारी र सन्दीप लामिछानेले समान २–२ विकेट लिएका थिए। जितसँगै लुम्बिनीले प्लेअफ सम्भावनालाई कायम राखेको छ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो। विराटनगरका लागि लोकेश बमले ३५ रन बनाउँदा साम हेजलेटले २७ रन बनाए। त्यस्तै फाफ डुप्लेसिसले १२ रन बनाउँदा बसिर अहमद २८ रन बनाएका थिए।

त्यस्तै प्रतिश जिसीले ११ रन बनाएका थिए। लुम्बिनीका लागि शेर मल्लले ३ विकेट लिंदा जेजे स्मिथ, अभिषेस गौतम र रुवेल ट्रम्पेलम्यान ले १–१ विकेट लिएका थिए। जितसँगै लुम्बिनीको ६ अङ्क भएको छ। पराजयका बाबजुत विराटनगरको ८ अङ्क रहेको छ।

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com