काठमाडौं । ऊर्जा क्षेत्रको दीर्घ सुधारका अभियन्ता तथा पूर्व प्रबन्धनिर्देशक कुलमान घिसिङले अब देशको शीर्ष नेतृत्व सम्हाल्न तयार भएको संकेत दिएका छन्। आज काठमाडौंमा आयोजित उज्यालो नेपाल पार्टीको घोषणासभामा प्रमुख अतिथि रूपमा सम्बोधन गर्दै घिसिङले सक्रिय राजनीतिदेखि राष्ट्रिय नेतृत्वसम्मको यात्राबारे खुलेर अभिव्यक्ति दिएका हुन्।

यद्यपि उनले उज्यालो नेपाल पार्टीसँग औपचारिक रुपमा आफ्नो सम्बन्ध नरहेको स्पष्ट पारे। मलाई जुनसुकै पार्टीले बोलाए पनि अतिथि भएर जान सक्छु, भन्दै घिसिङले नयाँ दलसँग प्रत्यक्ष संलग्नता नभएको बताए।

advertisement

घिसिङले आफूलाई पछिल्लो समय देशको नेतृत्व गर्नुपर्ने आवश्यकता महसुस भएको उल्लेख गर्दै आगामी दिनमा सक्रिय राजनीतिक भूमिकामा जाने संकेत गरे। उनले ऊर्जा प्राधिकरणको नेतृत्वबाट हटाइएपछि देशको व्यापक समस्यातर्फ ध्यान जाने मौका पाएको र त्यही क्रममा ठूलो स्तरमा योगदान गर्नुपर्ने भावना जागेको बताए।

उनको अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा नयाँ समीकरण र चर्चाका तरंग पैदा गरेको छ।

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com