काठमाडौँ । काठमाडौँको रुद्रमति पुलनजिक धोबीखोलाबाट साइकलसहित एक पुरुषको शव फेला परेको छ। बिहीबार बिहान करिब ६:५० बजे काठमाडौँ महानगरपालिका–२९ क्षेत्रमा उक्त शव देखेपछि प्रहरीलाई जानकारी गराइएको थियो।
प्रहरीका अनुसार मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ स्थायी घर भई हाल शंखमुल बसोबास गर्दै आएका करिब ५० वर्षीय ललित गिरी हुन्। गिरीको पहिचान उनकी श्रीमतीले गरेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ भने मृत्युको कारण खुल्न बाँकी रहेको छ।
प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया