काठमाडौँ । ‘गिरिबन्दु टी–स्टेट’ जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। सार्वजनिक पदमा रहँदा भ्रष्टाचार र सत्ता दुरुपयोग गरेको आरोपसहित चितवनका सञ्चिव भट्टाईले आयोगमा निवेदन दिएका हुन्।

उजुरीमा ओलीले प्रधानमन्त्री रहेका बेला गरेका पटक–पटकका सरकारी निर्णयहरू व्यापारी दीपकुमार मल्होत्रालाई प्रत्यक्ष फाइदा पुग्ने गरी गरिएको दाबी गरिएको छ। विशेषतः गिरिबन्दु टी–स्टेटसँग सम्बन्धित ३४३ बिघा जग्गा, स्मार्ट सिटी परियोजना तथा मल्होत्रा समूहसँग जोडिएका मुद्दा प्रभावित हुने गरी सरकारी निर्णय र नीतिगत हेरफेर गरिएको उजुरीमा उल्लेख छ।

advertisement

उजुरीकर्ताले यस प्रकरणमा उच्चस्तरीय छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

 

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com