काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजका शाहब आलम ‘ह्याट्रिक’ लिने पहिलो खेलाडी बनेका छन् । आज पोखरा एभेञ्जर्सविरुद्ध उनले ह्याट्रिकसहित ६ ‘विकेट’ लिए । उनी एनपिएलको एकै खेलमा सबैभन्दा बढी विकेट लिने खेलाडी पनि बने ।

शाहबले चार ओभर ‘बलिङ’ गर्ने क्रममा २५ ‘रन’ खर्चिदै छ विकेट लिए । उनले चार दशमलव तीन ‘ओभर’मा जेसन रोयलाई ‘आउट’ गर्र्दै पहिले विकेट लिएका थिए भने दोस्रो विकेट १७ दशमलव चार ओभरमा किरण ठगुन्नालाई आउट गरेर लिए ।

advertisement

शाहबले पारिको अन्तिम ओभर गर्ने क्रममा ह्याट्रिक लिएका हुन् । अन्तिम ओभरमा चितवनलाई जितका लागि २० रन आवश्यक थियो । उनले पहिलो बलमा ऋषि धवनलाई मिलिन्द कुमारमार्फत ‘क्याच आउट’ गराए । शाहबले दोस्रो बलमा विपिन खत्रीलाई ‘स्टमपिङ आउट’ गराए भने तेस्रो बलमा आकाश चन्दलाई मिलिन्द कुमारमार्फत ‘क्याच आउट’ गराए । शाहबले ओभरका अन्तिम बलमा सागर ढकालको विकेट लिए ।

यसअघि एकै खलेमा सबैभन्दा बढी विकेट लिने खेलाडीमा चितवन राइनोजका रञ्जित कुमार थिए । उनले विराटनगर किंग्ससँगको खेलमा चार ओभर बलिङ गर्दै २१ रन खर्चेर पाँच विकेट हात पारेका थिए ।

 

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com