काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्च–प्रोफाइल व्यक्तिहरूको सुरक्षा संवेदनशीलता बढेपछि प्रहरीद्वारा विशेष निगरानी सर्कुलर जारी गरिएको छ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले बिहीबार ती व्यक्तिहरूको निवासस्थल, आवतजावत मार्ग र सार्वजनिक कार्यक्रमस्थलमा सुरक्षा सतर्कता कडा पार्न मातहत निकायहरूलाई निर्देशन दिएको हो।

advertisement

सामाजिक सञ्जालमार्फत आफूलाई उग्रवादी संगठनको अध्यक्ष बताउने एक युवकले भिडियो सार्वजनिक गर्दै गम्भीर ज्यान मार्ने धम्की दिएपछि प्रहरी सक्रिय भएको हो। उक्त भिडियोमा उनले अख्तियार प्रमुख र पूर्व आईजीपीसहित विभिन्न राजनीतिक तथा सार्वजनिक व्यक्तित्वहरूलाई ‘सफाया’ गरिने चेतावनी दिएका छन्।

धम्की प्राप्त गर्ने व्यक्तिहरूमा लोकमान सिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाँण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द्र ठकुरी र दुर्गा प्रसाईं रहेका छन्।

प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी कडा बनाइएको जनाएको छ भने धम्की दिने व्यक्ति बारे थप अनुसन्धान भइरहेको बताएको छ।

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com