काठमाडौं । ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’को नाम प्रयोग गर्दै १० जना उच्चपदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएपछि प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ।
उक्त समूहका अध्यक्ष भएको दाबी गर्ने प्रकाश पाठकले केही दिनअघि उच्चपदस्थ व्यक्तिहरूलाई ज्यानमार्ने धम्की दिएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा, तत्कालीन गृहमन्त्री रमेश लेखक, बालकृष्ण खाणलगायतलाई इमेलमार्फत ज्यान मार्ने धम्की आएपछि प्रहरीले घटनाबारे गहिरो अनुसन्धान सुरु गरेको छ।
प्रहरी उच्च स्रोतका अनुसार अनुसन्धानको क्रममा धम्की दिने व्यक्तिसँग सम्बन्धित हुनसक्ने शंकामा ३–४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ। ‘धम्की प्रकरणमा संलग्न व्यक्तिको पहिचान र खोजीलाई तीव्र बनाइएको छ,’ स्रोतले जनाएको छ।
धम्कीपुर्ण पठाइएको पत्रमा प्रकाश पाठकको नाम उल्लेख गरिएको छ। काभ्रे घर भएका पाठकले आफू भारतमा रहेको दाबी गर्दै आएका छन्। घटनासँग जोडिएका अन्य सम्भावित पक्षबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया