काठमाडौं । सुदुरपश्चिम प्रदेश धनगढीकाे सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि दुईपटक सूचना जारी गरिँदा पनि कुनै उम्मेदवार नआएपछि सरकारले पुनः सार्वजनिक आह्वान गरेको छ।
सिफारिस समितिले पहिलो चरणमा कात्तिक १६ देखि ३० गतेसम्म आवेदन मागेको थियो। प्राप्त नभएपछि समय बढाएर मंसिर ५ गतेसम्म पुनः समावेश गरियो। तर दुवै चरणमा एकजनासमेत उम्मेदवारको दरखास्त परेन।
यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत स्वास्थ्य क्षेत्रमा दीर्घ अनुभवसहित देशसेवा गर्न इच्छुक योग्य प्राध्यापक वा विज्ञलाई आवेदन बुझाउन आग्रह गरेका छन्। उनले चाहने व्यक्तिले आफूलाई पनि प्रत्यक्ष सम्पर्क गर्न सक्ने उल्लेख गरेका छन्।
संघीय संसदले पारित गरेको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ राष्ट्रपति रामचन्द्र पौडेलबाट असार ४ गते प्रमाणीकरण भएपछि विश्वविद्यालय सञ्चालन प्रक्रियामा छ।

प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार












प्रतिक्रिया