काठमाडाैं । २०२६ को विश्वकप ड्र कार्यक्रमको अवसरमा फिफाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ ‘शान्ति पुरस्कार’ प्रदान गरेको छ।

नोबेल शान्ति पुरस्कारप्रति आफ्नो रुचि सार्वजनिक गर्दै आएका ट्रम्पलाई फिफाको यो पुरस्कारका लागि सुरुदेखिनै प्रमुख दावेदार मानिएको थियो। समाचार एजेन्सी पीटीआईका अनुसार फिफा अध्यक्ष जियानी इन्फान्टिनो र ट्रम्पबीच नजिकको सम्बन्ध रहेको बताइन्छ। इन्फान्टिनोले गाजामा युद्धविरामका लागि ट्रम्पले गरेको प्रयासलाई औंल्याउँदै उनलाई नोबेल योग्य व्यक्तिको रूपमा पनि चित्रण गरेका छन्।

advertisement

पुरस्कार हस्तान्तरण गर्दै अध्यक्ष इन्फान्टिनोले भने, “यो सुन्दर पदक तपाईंले चाहिएको ठाउँमा  लगाउन सक्नुहुन्छ।”

प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com