काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत शनिबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

टियु मैदान कीर्तिपुरमा केहीबेरपछि सुरु हुने खेलमा दुवै टिम आफ्नो अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्यको प्रयासमा मैदान उत्रिँदै छन्।

advertisement

जारी एनपिएलमा दुवै टोली प्लेअफ समिकरणबाट बाहिरिसकेका छन्। प्रतियोगितामा दुवै टिमको ६ खेलबाट २ जितसहित ४ अङ्क रहेको छ।

प्रतियोगितामा दिनको पहिलो खेलबाट क्वालिफायर समीकरण तय भएको थियो। विराटनगरले सुदूरपश्चिममाथि फराकिलो जित निकाल्दै क्वालिफायरमा स्थान बनाएको थियो।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दा इलिमिनेटर चरणमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुने भएको छ।

साविक विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्सले समूह चरणको अन्तिम खेलमा भोलि प्रतिस्पर्धा गर्नेछन्। दुवै टोलीको समान २ अङ्क रहँदा अंकतालिकाको पुछारबाट माथि उक्लने प्रयास दुवै टिमले गर्नेछन्। भोलिको खेलसँगै समूह चरणका खेलहरु सकिने छन्। प्लेअफ चरणका खेलहरु मंगलबारबाट सुरु हुने छन्।

प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com