जनकपुर । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टीलाई भ्रष्टाचारी र घुसखोरबाट मुक्त गरिनुपर्ने बताएका छन्।

शनिबार जनकपुरमा आयोजित पार्टीको मेधस प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टी एकता गरेर मात्रै नहुने बताएका हुन्।

advertisement

‘एकता गरेर मात्रै हुँदैन। सुदृढ र क्रान्तिकारी बनाउन, जनमुखी बनाउन र सुशासन समृद्धिको लक्ष्य हासिल गर्नका लागि हामीले बिधि पद्धतिमा पार्टी चलाउनुपर्छ,’ उनले भने।

उनले पार्टीभित्र कार्यकर्ताको न्यायोचित मूल्यांकन हुने सुनिश्चित गर्नुपर्ने पनि बताए।

‘स्वच्छ पार्टी बनाउनुपर्छ। भ्रष्टाचार गर्ने, घुस खाने नेपाली कम्युनिस्ट पार्टीमा छैनन् भन्ने स्थिति बनाउनुपर्छ।  कुशासन वालाहरू, अराजकहरू हाम्रो पार्टीमा टिक्दैन भन्ने बनाउनुपर्छ,’ उनले भने।

प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com