काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा ३ हजार ५५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ३ हजार ६०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार













प्रतिक्रिया