काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मा ‘प्रभाकर’ गृहजिल्ला रुकुम पश्चिम पुगेको पहिलो भ्रमणमै विरोधको सामना गर्नु परेको छ।

सदरमुकाम खलंगामा उनलाई स्थानीय कार्यकर्ताहरूको एक समूहले कालो झण्डा देखाएर विरोध व्यक्त गरेको हो। सम्भावित अप्रिय परिस्थिति नियन्त्रण गर्न सुरक्षा निकायले अतिरिक्त बल समेत परिचालन गरेका थिए।

शर्मा आज बिहान नेपाल एयरलाइन्सको नियमित उडानमार्फत काठमाडौंबाट रुकुम पश्चिम पुगेका थिए। विमानस्थलबाट बाहिरिन लाग्दा केही युवाहरूले उनीमाथि कालो झण्डा प्रदर्शन गर्दै असन्तुष्टि प्रकट गरेका थिए।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com