काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ।
आइतबार शीतलनिवासमा आयोजना गरिएको कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले प्रतिवेदन औपचारिक रूपमा राष्ट्रपतिलाई हस्तान्तरण गरेका हुन्।
नेपालको संविधानको धारा २९४ अनुसार आयोगले प्रत्येक वर्ष राष्ट्रपतिलाई प्रतिवेदन पेश गर्नुपर्ने प्रावधानअनुसार आयोगले यस वर्षको प्रतिवेदन पनि निर्धारित प्रक्रियामै बुझाएको हो।
प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार













प्रतिक्रिया