काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारको गेटमा प्रधानमन्त्री कार्कीको राजीनामाको मागसहित पर्चा टाँसेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रकाश शर्मा छन्।

जेन–जी अभियन्ता मिराज ढुंगानाका अनुसार, शर्मालाई प्रहरीले मंगलबार मध्यरातमा उनकै घरबाट पक्राउ गरी प्रहरी परिसर भद्रकालीमा राखेको छ। शर्मा ढुंगानाको नेतृत्वमा सञ्चालित ‘गरिखान देऊ’ अभियानका सदस्य हुन्।

advertisement

शर्माले केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै बालुवाटारको गेटमा पर्चा टाँसेका थिए। घटनापछि उनलाई नियन्त्रणमा लिएपछि मिराज ढुंगानासहितको टोली शर्माको रिहाइको माग गर्दै हाल भद्रकाली परिसरमा पुगेको छ।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com