विराटनगर । मोरङको लेटाङ–२, फडानीकी १३ वर्षीय अंशु गौतमको हत्या प्रकरणमा प्रहरीले उनका छिमेकीलाई पक्राउ गरेको छ। करिब दुई महिनादेखि जारी अनुसन्धानपछि  ५९ वर्षीय एक पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको भए पनि प्रहरीले औपचारिक रूपमा पक्राउबारे कुनै जानकारी सार्वजनिक गरेको छैन।

अंशु गत असोज २१ गते दिउँसो घरबाट निस्केकी थिइन् र कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनमा मृत अवस्थामा फेला परेकी हुन्। उनको शव अत्यन्तै क्षतविक्षत अवस्थामा भेटिएको थियो।

advertisement

मोरङ प्रहरी प्रमुख कविता कटुवालका अनुसार प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। उनले बताएअनुसार, पक्राउ परेका व्यक्तिले अंशुको हत्या गरेको स्वीकार गरेको भए पनि हत्याको कारण अहिलेसम्म सार्वजनिक गरिएको छैन। प्रारम्भिक अनुमानअनुसार पारिवारिक रिस–राग मुख्य कारण हुन सक्ने प्रहरीको बुझाइ छ।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com