काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनको क्रममा क्षतविक्षत भएका सिंहदरबार परिसरको अवलोकन गर्ने भएकी छिन्।
उनका निकट स्रोतका अनुसार, पूर्वराष्ट्रपति भण्डारी आइतबार दिउँसो सिंहदरबार पुगेर आगजनीका क्रममा क्षति भएका भवनहरूको स्थिति अवलोकन गर्ने कार्यक्रम तय भएको छ।
अवलोकनकै क्रममा उनी प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय गरिएको छ। स्रोतले भन्यो, ‘सिंहदरबारमा भएको क्षति हेर्न जान लागिएको हो र सोही क्रममा प्रधानमन्त्रीसँग भेटघाट हुने छ।’
प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार













प्रतिक्रिया