काठमाडौं । जेनजी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनको अपमान नगर्न आग्रह गरेका छन्। अभियन्ता प्रकाश शर्मालाई रिहाइ गर्न माग गर्दै उनी जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए।
ढुङ्गानाले सरकार चुनावपछि देशको विकासमा ठोस कदम चाल्न असफल भएको बताए। उनीहरूले पुराना दलका नेताहरूको पुनः सत्तामा आगमन हुने सम्भावनाप्रति पनि चिन्ता व्यक्त गरेका छन्। उनले भने, ‘अन्तरिम सरकार देशको विकासमा असफल रह्यो भने प्रधानमन्त्री कार्कीले राजीनामा दिनु उपयुक्त हुनेछ।’
अन्तरिम सरकार हाइज्याक भएको भन्दै ढुङ्गानाले जेनजी युवाहरूको माग सम्बोधन नभएको गुनासो गरे। उनले भदौ २३ गतेको आन्दोलनको घटनाको पूर्ण छानबिन नगरी २४ गतेको आन्दोलनमा सहभागी केही युवालाई मात्र प्रहरीले पक्राउ गरेको दाबी पनि गरे।
प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार













प्रतिक्रिया