काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो ठाउँबाट भूमिका खेलिदिन आग्रह गरेकी छिन् ।

आज सिंहदरबस्थित प्रधानमन्त्री कार्यालयमा उनिहरूबीच भएको भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको तयारीलाई समान प्राथमिकताका साथ सरकारले काम गरिरहेकाले यसमा सकारात्मक भूमिकाका लागि आग्रह गरेकी हुन् ।

advertisement

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नुपरेको बताउँदै उनले सरकारले ती घटनाका विषयमा छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकार सक्षम रहेको विश्वास व्यक्त गरिन् । उनले हालको परिस्थितिको निकासका लागि निर्वाचनभन्दा अर्को विकल्प नरहेकाले सबै पक्षले निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्नुपर्ने धारणा राखिन् ।

पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सरकारले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सक्नेमा आफू विश्वस्त रहेको बताएकाे प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com