काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की काठमाडौं महानगरपालिकाका मेयर बालेनको घर पुगेर फर्किएकी छन् ।

कार्की आज गैरीगाउँस्थित बालेनको घरमा पुगेकी हुन् । पिताको शोकमा रहेका बालेनलाई भेट्न पुगेकी प्रधानमन्त्री कार्कीले बालेनका बुबा रामनारायण साहको निधनमा श्रद्धाञ्जली दिएकी छन् ।

advertisement

बालेन निवासमा उनी करिब २० मिनेट बसेर फर्किएकी हुन् । यसअघि गृहमन्त्री ओमप्रकाश अर्याल, पूर्वमन्त्रीहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि बालेन निवास पुगका छन् । मेयर बालेनका बुबाको मंसिर १५ गते निधन भएको थियो ।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com