काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) बाट ३ रनको हारसहित बाहिरीएको छ। कीर्तिपुरमा भएको लिगको अन्तिम खेलमा जनकपुर कर्णाली याक्ससँग पराजित भयो।
१३० रनको लक्ष्य पछ्याउँदै जनकपुरले २० ओभरमा १२६/७ मात्र बनाउन सक्यो। सञ्जय कृष्णमूर्तिले ५१ रन बनाए पनि टोलीलाई बचाउन सकेनन्। कर्णालीका विलियम बोसिस्टोले २ विकेट लिए।
यसअघि कर्णालीले १२९ रन बनाएको थियो। इमरान शेखले ३३ रन योगदान दिए।
७ खेलमध्ये ६ मा हार ब्यहोरेको जनकपुर अंक तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। कर्णाली ४ अंकसहित छैटौँ स्थानमा रह्यो।
यस सिजन सुदूरपश्चिम, विराटनगर, काठमाडौं र लुम्बिनी प्लेअफमा प्रवेश गरिसकेका छन्।
प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार













प्रतिक्रिया