काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित ओम नगर मार्गमा एक असईले आफ्नै छोराको ज्यान लिएको हृदयविदारक घटना सार्वजनिक भएको छ। आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत नेपाल प्रहरीका सहायक निरीक्षक पुष्कर कार्कीले धारिलो हतियार प्रहार गरी ६ महिनाको शिशुको हत्या गरेका हुन्।

घटनापछि कार्की फरार भएका थिए। तर चाँडै नै चन्द्रागिरि नगरपालिका–२ मा रहेको नागढुङ्गा चेकप्वाइन्टमा पक्राउ परेका छन्। पक्राउबारे जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिएका छन्।

advertisement

शिशुको हत्या गरेपछि कार्कीले आफ्नी श्रीमतीमाथि पनि धारिलो हतियारले आक्रमण गरेका थिए। हतियार प्रहारबाट घाइते भएकी पत्नीलाई छिमेकीहरुले सिनामंगलस्थित केएमसी अस्पताल लगेका थिए ।

हत्या गरी कार्की पूर्वतर्फ चल्ने बस चढेर धादिङ जाने प्रयासमा थिए। घटनाका सबै पक्षबारे प्रहरीले विस्तृत अनुसन्धान सुरू गरेको जनाएको छ।

प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com