काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आगामी ११औँ महाधिवेशनका लागि तयार गरिएको अवधारणापत्र औपचारिक रूपमा पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन्।

सोमबार दिउँसो ललितपुर–च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगेका पोखरेलले आफू निकट नेताहरूसहित उपस्थित भई उक्त दस्तावेज महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरे।

उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार पोखरेलको नेतृत्वमा तयार पारिएको अवधारणापत्र आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ। महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेको पोखरेल समूहले यही कागजातलाई आफ्नो वैचारिक–राजनीतिक आधारका रूपमा अघि सारेको बताइएको छ।

पाण्डेले उक्त अवधारणापत्रमा नेतृत्व परिवर्तन आवश्यक छ भन्ने निष्कर्षसहित पार्टीको भावी दिशा, नीतिगत मार्गदर्शन र संगठन पुनर्गठनका विषय समेटिएको जानकारी दिए।

प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com