काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनका लागि तयार पारेको दस्तावेज सोमबार महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली सो दिन कार्यालय नआएपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनसम्बन्धी आफ्नो दस्तावेज महासचिवमार्फत बुझाएका हुन्।
पोखरेल विशेष रूपमा उक्त दस्तावेज लिएर अध्यक्ष ओलीलाई भेट्नै पार्टी केन्द्रीय कार्यालय, च्यासल पुगेका थिए।
प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार













प्रतिक्रिया