काठमाडौँ  । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कार्यालय जगन्नाथदेवलबाट फरार भएका एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
 वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार रहेका गोरखा सिरानचोक गाउँपालिका–८ घर भई हाल काठमाडौँ तारकेश्वर मनमैजु बस्ने २२ वर्षीय सुविन गुरुङलाई प्रहरी पक्राउ गरेको हो ।
 प्रदर्शनका क्रममा फरार भई लुकीछिपी अवस्थामा बसिरहेका गुरुङलाई सोमबार तारकेश्वरको मनमैजुबाट पक्राउ गरी केन्द्रीय कारागारमा पेस गरिएको वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com