काठमाडौं । भौतिक पूर्वाधार, सहरी विकास तथा ऊर्जा मन्त्री कुलमान घिसिङले देशभरका धेरै रुग्ण ठेक्काको मूल कारण निर्माण व्यवसायी नै भएको आरोप लगाएका छन्।

नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन’ विषयक संवादमा उनले धेरै ठेक्का निर्धारणा समयमा सम्पन्न नहुनुमा निर्माण व्यवसायीको कमजोरी प्रमुख कारण भएको बताए।

advertisement

मन्त्री घिसिङका अनुसार २५० भन्दा बढी ठेक्का निर्माण व्यवसायीकै लापरबाहीले रुग्ण अवस्थामा छन्। उनले यस्ता ठेकेदारमाथि कारबाही हुनुपर्ने बताए।

उनले भने, जति ठेक्का तोडिएका छन् वा रोकिएका छन्, प्रायः निर्माण व्यवसायीकै कारण हो। कर्मचारीतर्फबाट समस्या भएको ठेकेमा पनि छानबिन गरेर कारबाही गरिनुपर्छ।

साथै, उनले विकास निर्माणमा निर्माण व्यवसायीको भूमिका अपरिहार्य भए पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न उनीहरूको क्षमता बढाउनु आवश्यक रहेको बताए।

कसै–कसै ठेक्कामा फेरि ठेकेदार खोज्नुपर्ने अवस्था समेत आएको उल्लेख गर्दै उनले वर्षौँदेखि रुग्ण अवस्थामा रहेको ठेक्का व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए।

प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com