काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा मन्त्री दीपक खड्काको बुढानिलकण्ठस्थित घरमा भएको तोडफोड र आगजनी घटनामा संलग्न रहेको आरोपमा तीन जनामाथि आपराधिक मुद्दा दायर गरिएको छ।
गत २३ र २४ भदौमा जेनजी आन्दोलनका क्रममा खड्काको घरमा क्षति पुर्याएको भन्दै महाराजगञ्ज प्रहरी वृत्तले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएका थियो।
पक्राउ परेकामा सुर्खेत वीरेन्द्रनगर–९ का ४४ वर्षीय रणबहादुर सिंह, बुढानिलकण्ठका ३१ वर्षीय सुसम श्रेयठ र काभ्रेकी ३९ वर्षीया रेखा सुनार (सानी सुनार) रहेका छन्।
प्रहरीले संकलन गरेको प्रमाणका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध आपराधिक उपद्रव तथा डाँकासम्बन्धी कसुर आरोपमा साढे ७ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले सिंह र श्रेयठलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ भने रेखा सुनारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने निर्णय गरेको छ।
प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार













प्रतिक्रिया