काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटाबाट पनि उम्मेदवारको रूपमा अघि सारिएका छन्।
जिल्ला कार्यसमितिको हालै बसेको बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि थापालाई प्रत्यक्षतर्फ पहिलो प्राथमिकतामा राख्दै सिफारिस गरेको हो।
यससँगै थापाको राजनीतिक उपस्थितिले पूर्वी पहाडी जिल्लामा समेत महत्व पाएको संकेत देखिएको छ। यसअघि कांग्रेस रोल्पाले पनि उनीलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरिसकेको थियो।
प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार













प्रतिक्रिया