काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटाबाट पनि उम्मेदवारको रूपमा अघि सारिएका छन्।

जिल्ला कार्यसमितिको हालै बसेको बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि थापालाई प्रत्यक्षतर्फ पहिलो प्राथमिकतामा राख्दै सिफारिस गरेको हो।

यससँगै थापाको राजनीतिक उपस्थितिले पूर्वी पहाडी जिल्लामा समेत महत्व पाएको संकेत देखिएको छ। यसअघि कांग्रेस रोल्पाले पनि उनीलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरिसकेको थियो।

प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com