काठमाडौं । आगामी निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम देशका चार जिल्लाबाट सिफारिस भएको छ। काठमाडौं–४ सहित सर्लाही, रोल्पा र धनकुटाबाट समेत थापालाई उम्मेदवार बनाउने प्रस्ताव आएका छन्।
१५औँ महाधिवेशनमा पार्टी सभापति पदका दावेदार रहेका थापा यसअघि भएका तीनै निर्वाचनमा काठमाडौं–४ बाटै प्रतिस्पर्धा गर्दै आएका छन्। पछिल्लो चुनावमा उनले एमालेका राजन भट्टराईलाई उल्लेखनीय मतान्तरले पराजित गरेका थिए।
यसपटक पनि काठमाडौं–४ बाट थापाको नाम एकल रूपमा सिफारिस भएकाले यो क्षेत्र उनका लागि मुख्य विकल्प देखिन्छ। सर्लाही–४ बाट भने थापा र वीरन्द्रप्रसाद सिंह दुवैको नाम आएको छ।
रोल्पामा थापासहित लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, मनोजमणि आचार्य, ज्ञानबहादुर वली र मन्दीप सुवेदीलाई पनि सिफारिस गरिएको छ। यद्यपि थापाले आफू आगामी चुनाव काठमाडौं–४ बाटै लड्ने संकेत पुनः दोहोर्याएका छन्।
प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार













प्रतिक्रिया