काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी महोत्सव सभामा अपेक्षाअनुसार सहभागीहरू बाक्लो नभएका कारण आफूलाई केही असहज लागेको बताएका छन्।
अखिल क्रान्तिकारीले आयोजना गरेको जेनजी महोत्सवको उद्घाटन समारोहमा बोल्दै प्रचण्डले कार्यक्रम राम्रो तयारीसहित मात्र सञ्चालन गर्न निर्देशन दिएका छन्।
उनले भने, ‘उद्घाटन सत्र पूर्ण रूपमा खचाखच भरिनु पर्ने थियो, तर अलि फाँटफाँट देखियो। आगामी दिनमा अझ राम्रो तयारी गरेर मात्रै कार्यक्रम सञ्चालन गर्न निर्देशन दिन्छु। दुई–चार दिन ढिला हुँदा केही फरक पर्दैन।’
साथै, प्रचण्डले राम्रो तयारीसहित पार्टी एकता सन्देश सभाको आयोजना गर्दा विश्वले पनि त्यसलाई सकारात्मक दृष्टिले हेरिरहेको उल्लेख गरे।
प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार













प्रतिक्रिया