काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा ११औँ महाधिवेशनका अध्यक्ष पदका आकांक्षी ईश्वर पोखरेलले नेतृत्व चयनमा सर्वसम्मति केवल अध्यक्ष केपी शर्मा ओलीको इच्छामा निर्भर रहने बताएका छन्।

बुधबार राजधानीमा पत्रकारहरूसँगको अन्तरक्रियामा पोखरेलले हालको परिस्थितिमा अन्य कुनै माध्यमबाट सहमति जुट्ने सम्भावना आफूले नदेखेको स्पष्ट गरे। उनका अनुसार सहमताे सम्भव बनाउन अध्यक्ष ओलीले ‘अभिभावकीय भूमिका’ लिनु आवश्यक छ।

advertisement

पोखरेलले भने, ‘सहमति सम्भव छ, तर अहिलेको सन्दर्भमा अध्यक्ष ओलीले अभिभावकको भूमिकामा उभिएर महाधिवेशन हलमै औपचारिक रूपमा ‘अबको नेतृत्व फलाना हुन्’ भनेर घोषणा गर्नुभयो भने मात्र। त्यसबाहेक अरू तरिकाले सहमति हुने अवस्था म देख्दिन।’

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com