काठमाडाैं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आसन्न ११औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

आज (बुधबार) सञ्चारकर्मीहरुसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने, पार्टी र आन्दोलनको हितलाई केन्द्रमा राखेर आफूहरू अघि बढ्ने बताए । उनले प्रतिस्पर्धामा जाँदै गर्दा पनि परिणामलाई लिएर नभाग्ने प्रष्ट पारे ।

advertisement

उनले जित्दा मात्रै खुसी हुने नभएर जित्न नसक्दा पनि त्यसलाई स्वीकार गर्ने बताए । यसअघि पार्टी छाड्का माधव नेपाल, भीम रावललगायतको नाम लिँदै उनले आफ्नो हकका उनीहरुको जस्तो दृष्टान्त लागू नहुने बताए ।

‘हामी प्रतिस्पर्धा गर्छौं, यदि हामी विजयी नभए पनि एमालेको पक्षमा, एमाले भएर रहिरहन्छौं,’– उनले भने ।

आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा एमालेको ११औं महाधिवेशन हुँदै छ । महाधिवेशनमा नेतृत्वको लागि केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com