काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी ओली भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित आयोगमा बयान दिन जानुपर्ने बताएका छन्।

११ औँ महाधिवेशनमा अध्यक्ष उठ्ने घोषणा गरेको पोखरेलले पत्रकारहरूसँगको अन्तरक्रियामा आयोगमाथि प्रश्न उठाएपनि बोलाएको बेलामा अध्यक्ष केपी ओली बयानका लागि जानुपर्ने बताए।

advertisement

उनले भने, ‘सरकारले बनाएको आयोग हो। हाम्रा कतिपय रिजर्भेसन होलान् तर त्यो आयोगमा बयान दिनुपर्ने कुरा स्वाभाविक हो, बयान दिन जानुपर्छ। म भएको भए अझै अगाडि नै जान्थेँ होला भन्ने लाग्छ, अवज्ञा गर्ने कुराले राम्रो हुँदैन।’

उनले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको भूमिकामाथि प्रश्न उठाउँदै निष्पक्षता हुनेका आशङ्का व्यक्त गरे।

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com