काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेका घटनाबारे गठित छानबिन आयोगमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा बयान दिनुपर्ने बताएका छन्।

११औँ महाधिवेशनमा अध्यक्ष पदका दावेदार रहेका पोखरेलले सोमबार पत्रकारहरूसँग कुरा गर्दै आयोगबारे केही शंका रहे पनि बोलाइएको समयमा उपस्थित हुनु सबैका लागि स्वाभाविक प्रक्रिया भएको उल्लेख गरे। उनले भने, ‘सरकारले बनाएको आयोग हो, हाम्रो केही आरक्षण हुन सक्छ। तर बयान दिन बोलाएको छ भने जानैपर्छ, म भएको भए झन् पहिले नै गईसक्थें जस्तो लाग्छ। अवज्ञा गर्नु सही हुँदैन’।

advertisement

छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको भूमिकाप्रति पोखरेलले प्रश्न उठाउँदै आयोग निष्पक्ष नहुने आशंका पनि व्यक्त गरे।

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com