काठमाडौं । जेनजी विद्रोहका घटनामा सरकारी दमनबारे छानबिन गरिरहेको उच्च स्तरीय न्यायिक जाँचबुझ आयोगले क्रमिक रूपमा उच्च पदस्थ व्यक्तिहरूको बयान लिँदै गएको छ। सो क्रममा आयोगले अब घटनाका बेला सरकारले नेतृत्व गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत बयानमा बोलाउनसक्ने संकेत देखिएको छ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले पछिल्ला दिनमा जिम्मेवार पदस्थ अधिकारीहरूको बयान प्रक्रिया तीव्र बनाएको छ। मंगलबार सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालसँग बयान लिइएको थियो। आयोगले विहीबार तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र त्यतिबेला प्रहरी प्रमुख रहेका चन्द्रकुबेर खापुङलाई उपस्थित हुन आह्वान गरेको छ।

advertisement

आयोग स्रोतका अनुसार त्यसपछि नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीलाई पनि बयानका लागि बोलाइनेछ। कार्की भदौ २३ को घटनाबेला उपत्यकाको जिम्मेवारीमा थिएनन् तर भदौ २४ बाट उनले जिम्मेवारी सम्हालेका कारण सो दिनका गतिविधिबारे स्पष्टीकरण मागिने तयारी छ।

यस्तै, कार्कीपछि तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने र त्यसपछि पूर्वप्रधानमन्त्री ओलीलाई पनि तसर्थ उपस्थित गराउने योजना आयोगको रहेको बताइएको छ। तर, उनीहरूलाई बयानका लागि बोलाउने मिति भने तय भइसकेको छैन।

आयोगलाई प्रतिवेदन बुझाउने समय नजिकिँदै गएकोले बयान प्रक्रिया थप छिटो अगाडि बढाइने अनुमान गरिएको छ। यही कारण एमालेको महाधिवेशन (मंसिर २७–२९) पूरा भएपछि बाँकी व्यक्तिहरूको बयान लिन सकिने आयोग निकट स्रोतले जनाएको छ।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com