काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्य १ हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको सुनकाे मुल्य बिहीवार बढेर ताेलामा २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ ।
यस्तै, बिहीवार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधवार प्रतितोला ३ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार बढेर ३ हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार












प्रतिक्रिया