काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको स्थलगत अवलोकन गरेकी छन्।

भण्डारी बुधबार संसद भवन पुगेकी थिइन्, जहाँ सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल तथा संसद सचिवालयका अधिकारीहरूले भवनमा पुगेको क्षतिको विस्तृत विवरण प्रस्तुत गरेका थिए।

advertisement

अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले जनप्रतिनिधि संस्थाको प्रतीक मानिने संसद भवनमा भएको क्षति देखेर आफू अत्यन्त दुःखी भएको प्रतिक्रिया व्यक्त गरिन्।

गत भदौ २३ मा जेन–जी युवाहरूको प्रदर्शन क्रममा संसद भवनमा तोडफोड भएको थियो। त्यसको भोलिपल्ट, भदौ २४ मा, भवनको आगजनीसमेत भएको थियो, जसको प्रभाव अहिले पनि स्पष्ट रूपमा देखिन्छ।

तस्बिरहरू-

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com