काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी र वर्तमान सरकारबीच भएको सम्झौताप्रति कडा टिप्पणी गर्दै त्यसलाई “कलाहीन भद्दा नाटक” ठहराएका छन्।

बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरूसँगको संवादमा ओलीले वर्तमान सरकारले प्रणाली र व्यवस्थासम्बन्धी कुनै पनि विषयमा सम्झौता गर्ने म्याण्डेट पाएको छैन भन्दै प्रश्न उठाए। उनले भने, ‘हिजो एउटा कलाहीन नाटक भयो। यसमा धेरै कुरा गर्नु आवश्यक छैन। यस सरकारले प्रणाली र व्यवस्थासम्बन्धी सम्झौता गर्ने अधिकार कहाँबाट पायो? गोबर टाँसेको सरकारले कलाहीन नाटक मात्र गर्‍यो। त्यसै ठाउँमा अस्वीकार भयो, च्यातियो। त्यसैले यो भद्दा नाटक हो।’

advertisement

साथै, उनले संसद पुनर्स्थापनाको विकल्पको आवश्यकता रहेको पनि औँल्याए। वर्तमान सरकारले निर्वाचन गर्न असमर्थ रहेको दाबी गर्दै ओलीले संसद पुनःस्थापन नै अन्तिम विकल्प भएको बताए।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com