काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पार्टी सभापति शेरबहादुर देउवालाई एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको छ।
जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले देउवाको नाम सर्वसम्मत रूपमा प्रस्ताव गर्दै उनलाई पुनः उम्मेदवार बनाउन पार्टीको आधिकारिक सिफारिस गर्ने निर्णय गरेको जिल्ला सभापति भीमबहादुर साउदले जानकारी दिए।
पूर्वप्रधानमन्त्री देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आएका छन्। जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा घाइते भएका देउवाले केही दिनअघि मात्रै अन्तिम पटक चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए।
प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया